कवाडीको सामानसहित ट्रक बरामद

समाचार

7/2/2019

सुनसरी, १७ असार । सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित तिनकुनेबाट करीब पाँच लाख रुपैयाँ बराबरको कवाडीको सामानसहित उक्त सामान ढुवानी गर्न प्रयोग भएको एउटा ट्रक एपीएफ टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त सामान तथा ट्रक बरामद गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको जी जे २० यु ४५१ नम्बरको ट्रकमा जाँच गर्दा उक्त सामान फेला परेपछि सामानसहितै ट्रक समेत बरामद गरिएको हो ।

बरामद कवाडीको सामान तथा ट्रक आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । उक्त ट्रकको भन्सार दाखिला मूल्य ४५ लाख रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ