कवि सम्मेलन एवं मुशायरा कार्यक्रमका लागि पत्रकारसँग छलफल

समाचार

2/20/2019

कपिलवस्तु, ८ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा पत्रकार सम्मेलन हरिबोध प्राविमा सम्पन्न भएको छ ।

“सुन्दर एवम् समृद्ध विजयनगरका लागि वृहत सांस्कृतिक कार्यक्रम“ मुख्य नारासहित विजयनगर गाउँपालिकाको आयोजनामा यही फागुन १० गते हुने कवि सम्मेलन मुसायरा कार्यक्रमका लागि पत्रकारसँग छलफल गरिएको छ ।

विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाको अध्यक्षता, राम प्रकट कोरीले उद्घोषकको भूमिका निर्वाह गरेका थिए । जिल्लाका अधिकांश पत्रकार साथै छिमेकी राष्ट्र भारतका समेत पत्रकारहरुको उपस्थित थियो ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले सम्पूर्ण पत्रकारलाई स्वागत गर्दै उक्त कार्यक्रमको तयारी तिब्र रूपमा भइरहेको, कार्यक्रमले दिगो विकासका सम्भावना खुल्ने, सामाजिक सद्भाव समेत कायम हुने विस्वास राख्दै सबै पत्रकारहरूलाई आआफ्नो ठाउँबाट कार्यक्रम सफल बनाउन लाग्नु पर्ने कुरामा जोड दिए ।

सम्मेलनमा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, विशिस्ट अतिथि नेपालका लागि भारतीय राजदूत मन्जित सिंह पुरी, पूर्वमंत्री हृदयेश त्रिपाठी, पूर्वमन्त्री ईश्वर दयाल मिश्र, भारत उत्तर प्रदेशका पूर्वविधान सभा अध्यक्ष मता प्रसाद पाण्डेय, भारत उत्तर प्रदेश बढनीका पूर्व चेयरमैन राम नरेश उपाध्याय लगायत नेपाल र भारतका शीर्ष नेताहरु आउने जानकारी गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ