दिनेश ठाकुर, नेपालगञ्ज, १५ कार्तिक । नेपालगञ्जमा १३ वर्षअघि भएको हेमकार हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका किशोरीलाल सोनी जिल्ला अदालत बाँकेको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
उनकै नजिककै आफन्तको संलग्नता रहेको पाइएको छ । प्रहरीले हत्याकाण्डका मुख्य योजनाको रुपमा दिपक हेमकारका ससुरा भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार स्थायी घर भई लखनउ सीतापुर प्रियदर्शनी कलोनीमा बस्दै आएका ६५ बर्षिय किशोरीलाल सोनीलाई असोज १४ गते पक्राउ गरी सार्वजनिक गरेको हो ।
सोनी दिपकका सहोदर ससुरा हुन् । १३ बर्षअघि २०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाईनमा ८२ बर्षिया गुलाबदेवी हेमकार, ६२ बर्षिय जगदेब हेमकार, ४५ बर्षिय सीतादेवी हेमकार, ३२ बर्षिय दीपक हेमकार र कामदार बाँके कुसुमका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या गरिएको थियो ।
तपाईको प्रतिक्रिया