कृषक मारमा

समाचार

1/23/2020

रौतहट, १० माघ । रौतहटको गुजरा नगरपालिका अन्तरगत जंगली बँदेल आतंकको कारण कृषकहरु ठुलो मारमा परेका छन् ।

दैनिक राती राती दर्जनौको संख्यामा आउने जंगली बँदेलले किसानले आफनो खेतमा लगाएको बाली नाली क्षती गरीरहेकाले किसानहरु समस्यामा परेका छन् ।

गुजरा नगरपालिका २ स्थित रामप्रसाद चौधरीले २ कठा जग्गामा लगाएको मकैबाली बँदेलको झुण्डले पुरै सफाप पारीसकेको बताए ।

अहिले आलु फलीरहेको छ २ कठा जग्गामा लगाईएको आलुमा पनी बँदेलले दैनिक क्षती गरीरहेको पिडित किसान चौधरीले गुनासो गरे ।

गुजरा २ चोँचामा रामप्रसाद उदाहरण मात्र हुन त्यहाँका दर्जनौ किसानले खेतमा लगाएको कमैबाली, आलु लगायतको बाली बँदेलले क्षती गरेकाले किसानहरु हैरान भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ