रौतहट, ८ बैशाख । गौर नगरपालिकाको आयोजनामा कुष्ठरोग निवारण सम्बन्धी एक दिवसीय संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । कुष्ठरोग अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।
रौतहटका सबै स्थानीय तहमा छाला सम्बन्धी रोग उन्मूलन गर्ने उद्देश्यले नेपाल सरकारको सहयोगमा कुष्ठरोग निवारण गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य समायोजक कमलवर वर्माले जानकारी दिएका छन् ।
शरीरको विभिन्न अंगमा लाटो दाग हुने र चिलाउने भएकोले समयमा थाहा नपाउने हुँदा घर–घरमा गएर परिक्षण गर्ने कार्यक्रम निर्धारण गरिएको उनले बताए ।
सम्पन्न र शिक्षित परिवारमा यस्ता किसिमको दाग हुँदा पनि लाज मानेर लुकाउने गरेको उनको तर्क रहेको छ । शरीरको कुनै भाग, पिठ्युं, औला, गुप्तांग नजिक यस्ता दाग बढी हुने गरेकोले नचिलाउने दाग भएमा नजिकको स्वास्थ्य चौकीमा गई स्वास्थ्यकर्मीलाई देखाउन समेत आग्रह गरेका छन् ।
१० हजार मा १ प्रतिशत ल्याउने सरकारको मुख्य लक्ष्य रहेको छ । प्रदेश २ मा कुष्ठ रोगीको संख्या १ दशमलव ७९ प्रतिशत रहेको तथ्यांकले देखाएको संयोजक वर्माले बताए ।
महिला स्वास्थ्यकर्मी र पुरुष स्वास्थ्यकर्मीले शरीरको परिक्षण गर्ने छन । छाला रोग विशेषज्ञ सहितको टोली त्यसको प्रमाणित गर्ने वर्माले बताए ।
घरमा स्वास्थ्यकार्मिको टोली गएमा निर्धक रुपमा चेकजाच गराउनलाइ अनुरोध गरेका छन् । त्यस्तै मौलपुर नगरपालिकामा कुष्ठरोग सम्वन्धी अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ ।
तपाईको प्रतिक्रिया