रौतहट, ४ बैशाख । राजदेवी नगरपालिकाको आयोजनामा कुष्ठरोगसम्बन्धी संचारकर्मी बिचको १ दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
नगरपालिका भित्रमा कुष्ठरोगको पहिचान गरी निर्मूल पार्ने उद्देश्यले सरकारले सञ्चालन गरेको कुष्ठरोग अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा नगर स्वास्थ्य संयोजक उमाकान्त झाले घरदैलो गरी स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको बताए ।
छाला रोग विशेषज्ञ सहितको टोली घर घरमा गएर महिला पुरुषको परीक्षण गर्ने उनले बताए । कुष्टरोग सरुवा रोग भएकोले यसको निर्मूल पार्ने सरकारको लक्ष्य रहेको छ ।
तपाईको प्रतिक्रिया