कपिलवस्तु, १८ चैत । कृष्णनगर नगरपालिकाका प्रत्येक वडामा कर्मचारी संयन्त्रलाई चुस्तदुरुस्त बनाउन बायोमेट्रिक हाजिरी मेसिन जडान गरिएको छ ।
वर्षाैंदेखि जनप्रतिनिधिविहीन रहेको स्थानीय तहका अव्यवस्थित कर्मचारीतन्त्रलाई मर्यादित बनाई सेवाग्राहीलाई सेवा पुर्याउने उद्देश्यले नगरपालिकाको प्रत्येक वडामा बायोमेट्रिक हाजिरी मेसिन जडान गरिएको नगरप्रमुख रजत प्रताप शाहले बताए ।
उनले सूचना प्रविधिलाई प्रमुखताका साथ प्रयोग गर्दै आएको यस नगरपालिकाले डिजिटल प्रोफाइलपछि सो हाजिरी मेसिन जडान गरिएको जानकारी गराए ।
नगरभित्रका सबै माध्यमिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा पनि हाजिरी मेसिन जडान गर्नुका साथै सिसिटिभी लगाइने योजना छिटै शुरु हुने अधिकृत प्रदिप चौधरीले जानकारी गराएका छन् ।
नगरपालिका भित्र सबै कार्यालयहरु कर्मचारी प्रशासन चुस्तदुरुस्त बनाई हरेक गतिविधिलाई मोनिटरिङ गर्न सिसिटिभी क्यामेराले सहज हुने कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्जिवी पौडेल बताउँछन् ।
कृष्णनगर नगरपालिकाले शुरु गरेको सूचना प्रविधि मैत्री योजनाहरुले नगर विकासमा टेवा पुग्नुका साथै सुरक्षाका दृष्टिकोणले पनि सहजता हुने राजहंश ईन्फोसिसका संचालक माधव घिमिरेले बताए ।
हाल कृष्णनगर कार्यपालिका कार्यालय लगायत कुल बाह्र वडामा राजहंश इन्फोसिसले नै सिसिटिभी र हाजिरि मेसिन लगाएको घिमिरेको भनाई छ ।
तपाईको प्रतिक्रिया