कृष्णनगरमा बृहत रुपमा सरसफाई

समाचार

10/1/2018

इमरान खान, कपिलवस्तु, १४ असोज । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ कृष्णनगरमा कृष्णानगर नगरपालिकाले फोहरहरुलाई बेवास्था गरेकोले कृष्णनगरको सहारा पब्लिक स्कुलका बिद्यार्थी, ईलाका प्रहरी कार्यालय कृष्णनगर, सघिंय समाजवादी फोरम नेपाल कृष्णनगर नगरपालिका इकाई समिति, कृष्णनगरपालिका वडा नं. २ का अध्यक्ष लगायत सबै युवा नेताहरुको अगवाईमा कृष्णनगरको बृहत रुपमा सरसफाई गरेका छन् ।

सघिय समाजवादी फोरम नेपालको प्रवतmा एवम युवा नेता अकरम पठानका अनुसार कृष्ण्नगर वडा नं. २ एउटा ठुलो बजार हो र बहिरबाट आउने तथा स्थानीयबासीहरु यहि बाटो देखि गएर सरसमान किन्ने गर्दछन तर यस कृष्णनगर नगरपालिका को आखा यस महात्वपुर्ण ठाउँमा नपुगेकोले हामी सम्पुण युवाहरुले अब देखि सरफाईमा निरन्तर जुटने छौ ।

यस सरसफाई कार्यक्रमलाई वार्ड समिति कृष्णनगर –२ अध्यक्ष बृजेश कुमार कासौधन, उपाध्यक्ष युवा नेता सनी सरदार, ब्यापार संघका अध्यक्ष तथा इन्डो समाजिक मंच नेपालको प्रवतm राहुल मोदनवालले आज देखि निरन्तर सरसफाई कार्यक्रम गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ