कपिलवस्तु, १५ माघ । सशस्त्र प्रहरी बल कृष्णनगर ३९ नं का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाहीले कृष्णनगर सीमा नाकाको निरीक्षण गरेका छन् । डीयसपी शाही आफै कृष्णनगर सीमा नाकामा दौडिन थालेका हुन् ।
कृष्णनगरको पिलर नं ६८,६९ मा अपराध, तस्करी चोरी निकासी बढेकोले नियन्त्रण सम्बन्धमा निरीक्षण गरेका हुन् । पिलरको रेखदेख गर्दै थप सशस्त्र प्रहरी राखेर निगरानी बढाउँछु भन्दै कृष्णनगर सीमानाकामा थप सशस्त्र जवान थपेका छन् ।
कृष्णनगरको दसगजा क्षेत्रको निरीक्षण गर्दै सो क्षेत्रका नाकाहरुमा चेकजाँचमा चुस्ती देखाउने सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिएका छन् ।
तपाईको प्रतिक्रिया