काठमाडौं, २८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छिन् ।
मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला’ कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
मन्त्री अर्यालले जबसम्म भूमिको व्यवस्थित वैज्ञानिक सुधार गरिदैन । तबसम्म हामीले कृषिमा फड्को मार्न नसक्ने बताइन् । ’कृषिको व्यवसायिककरण र यान्त्रिकिकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौं न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छ,’ मन्त्री अर्यालले भनिन् ।
यसका निम्ती महत्वपुर्ण कुनै क्षेत्र छ भने त्यो सहकारी क्षेत्र नै भएको उनको भनाइ थियो । अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने बताइन् ।
यसलाई स्थापित गरेर छाड्ने मन्त्री अर्यालले उद्घोष पनि गरिन् । सहकारी क्षेत्रलाई अर्थतन्त्र निर्माणका निम्ती अगाडी बढाउन आवश्यक रहेको मन्त्री अर्यालले बताइन् ।
भूमिको सुधार गर्ने कुरा ठूलो विषय भएको भन्दै उनले तर त्यो विषय त्यति सजिलो नभएको बताइन् । नीजि सम्पत्तिको रुपमा दिइसकेकाले राज्यले चाहेर पनि व्यक्तिको नीजि सम्पत्ति उथलपुलट पार्न नसक्ने बताइन् ।
व्यक्तिको नीजि सम्पत्तिको रक्षा गर्ने दायित्व राज्यको हुनेछ भनेर संविधानमा लेखेको भन्दै उनले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यको नभएको उनले बताइन् ।
तपाईको प्रतिक्रिया