कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु दुर्भाग्य : मुख्यमन्त्री राउत

समाचार

2/24/2020

जनकपुरधाम, १२ फागुन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

खाद्य प्रवृद्धि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको खाद्य मेलाको समापन समारोहमा मुख्यमन्त्री राउतले मुलुक कृषि प्रदान रहे पनि कृषि औद्योगिक करण गर्न नसक्नु दुभाग्य पूर्ण रहेको बताए ।

खाद्य मेलाले कृषि उत्पादनलाई कसरी औद्योगिकी करण गर्न सकिन्छ भन्ने बारे ज्ञान प्रदान गरेको उल्लेख गर्दै उनले प्रदेश २का किसानहरुलाई पनि यसै दिसामा अग्रसर हुनुपर्ने बताए ।

मुलुकको कृषि धारासायी हुँदै जानुमा सरकार समेत दोषी रहेको स्वीकार गर्दै मुख्यमन्त्री राउतले कृषिको अर्बौं अनुदानको रकम माफियाहरुको खातामा जाने गरेकोले त्यसलाई निरुत्साहित गर्न प्रदेश सरकार किसानको खातामा अनुदान रकम पठाउने योजना ल्याउन लागेको बताए ।

उनले आधुनिकिकरणको नाउमा खान पानमा सबै भन्दा बढी हेल चक्रयाई हुँदै आएकोले स्थानीय उत्पादनलाई खानपानमा बढीभन्दा बढी प्रयोग गर्न आग्रह समेत गरे ।

खाद्य प्रवृधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक उपेन्द्र रायको अध्यक्षतामा भएको समापन समारोहमा मेलामा सहभागी स्टलहरु मध्ये उत्कृष्ट भएकाहरुलाई पुररस्कार समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ