कस्तुरीको बिणा जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ

समाचार

6/16/2019

सिरहा, १ असार । कस्तुरीको बिणा जस्तो देखिने वस्तुसहित सिरहाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिराहा नगरपालिका १६ बाट सोही नगरपालिका २१ बस्ने २५ वर्षीय कैलाश कुमार यादव र सोही नगरपालिका १३ बस्ने २८ वर्षीय अभासकर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

कस्तुरीको बिणा जस्तो देखिने वस्तु १२ ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले माडरबाट सिरहातर्फ आउँदै गरेको ना.२२ प ८००४ र बीआर ७ जेट ३३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गर्ने क्रममा कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ