खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा

समाचार

1/11/2019

चितवन, २७ पुस । खैरहनी नगरपालिकाको गौचरनमा पुस २८ देखि हुने छैठौं खिचरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जनाएका छन् ।

महोत्सवको समुद्घाटनका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने निश्चित भएको अतिथि आमन्त्रण तथा सत्कार समितिका संयोजक चन्द्राकुमारी चौधरीले जानकारी गराइन् ।

समापनका लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल आउने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन पर्सा बजारको मगनी चोकबाट झाँकीसहितको शोभायात्रा महोत्सव परिसरसम्म पुग्ने शोभायात्रा संयोजक कौशिला चौधरीले जानकारी दिएकी छन् ।

शोभायात्राका लागि ८२ वटा थारु गाउँबाट साँस्कृतिक महिला टोलीहरुले नाम दर्ता गराएका झाँकी संयोजक सुनिल चौधरीले बताए ।

साँस्कृतिक महिला टोली बाहेक अन्य जातजातिका झाँकीहरु, युवाक्लबहरु, स्काउट, संघसंस्था, टोल समिति, समूह लगायत कुल १२० भन्दा बढी टोलीहरुले पर्साबजार परिक्रमा गरी महोत्सव परिसर पुग्ने अनुमान महोत्सवका सदस्य सचिव दिपनारायण राउतले बताए ।

पहिलो दिनको मुख्य आकर्षण मध्ये झाँकी सहितको शोभायात्रा रहने सचिवले बताए ।

पहिलो दिन थारु लगायत अन्य जातजातिका साँस्कृतिक नृत्य र राष्ट्रिय गायक मिलन लामा, संजय चौधरीको विशेष प्रस्तुति रहने साँस्कृतिक संयोजक जयस चौधरीले जनाए ।

पहिलो दिन सबै दर्शक तथा अवलोकनकर्ताहरुलाई निशुल्क प्रवेश रहने र दोश्रो दिनदेखि रु ५० तथा विद्यार्थीका लागि रु ३० को टिकट लाग्ने टिकट संयोजक भिखु चौधरीले बताए । अपाङ्ग र ज्येष्ट नागरिकहरुले भने निशुल्क अवलोकन गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ