बर्दिया, ६ मंसिर । बढैयाताल गाउँपालिका– ३ गोब्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकामा हत्याको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका–३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षीय लक्षिराम खटिक, सतपतियाका ४५ वर्षीय शालिकराम खटिक र २५ वर्षीय राजेन्द्र खटिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मृतककी श्रीमती समरीरीले कात्तिक २२ गते दिएको जाहेरीका आधारमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि अनुसन्धानका क्रममा हिरासतमा राखिएको जनाएको छ ।
तपाईको प्रतिक्रिया