वीरगंज, २ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले पर्सा जिल्लामा खेलकुदको क्षेत्रमा विकाश गर्न सदैव तत्पर रहेको बताएका छन् ।
प्रथम छपकैया भेट्रान्स तथा लेडिज फुटबल प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई सिल्ड एवम् प्रमाण पत्र वितरण गर्दै सांसद यादवले यहाँको खेल जगतको विकाशमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
पर्सा जिल्लाको खेलकुदको विकाशका बारेमा सदैव चिन्तीत एवम सक्रिय रहेर सहयोग गर्ने सांसद यादवले पर्सा जिल्लामा सुन्य हुदै गएको खेल जगतलाई जिवन्त राख्न अहिले दिन प्रति दिन विभिन्न खेलहरुको आयेजना भइरहेको प्रति खुशी समेत व्यक्त गरे ।
पर्सा जिल्लामा राष्ट्रिय स्तरका खेलाडीहरु रहे पनि विभिन्न समस्याका कारण खेल जगतबाट अन्य पेसा रोजेर जिवीकोपार्जन गरिरहेको प्रति चिन्ता जताउदै सांसद यादवले खेल जगतबाट खेलाडीहरुको पलायन रोक्नका लागि सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेल्न जाने खेलाडीहरुलाई सरकारी स्तरमा रोजगारी दिएर उनीहरुको जिवन यापन सहज बनाउन आग्रह गरे ।
तपाईको प्रतिक्रिया