खाल्डोमा डुबेर बालकको मृत्यु

समाचार

2/17/2019

रूपन्देही, ५ फागुन । तिलोत्तमा नगरपालिका–१४ सुपैलीस्थित सिद्धार्थ ईट्टाभट्टामा काम गर्ने दाङ मालमटिरिया गाउँपालिका–३ का प्रकाश चौधरीको छोरा २ वर्षीय प्रतिक चौधरीको ईट्टाभट्टामा रहेको खाल्डोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

खेल्ने क्रममा पानी रहेको खाल्डोमा डुबेर गम्भीर घाइते प्रतिकको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ