खोलामा डुबेर तीन युवकको मृत्यु

समाचार

6/19/2019

कपिलवस्तु, ३ असार । खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका २ हल्लानगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका विजयनगर गाउँपालिका ६ का तीन युवकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उनीहरु १८ वर्षदेखि २२ वर्ष उमेरका रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ