गाउँको मुहार फेर्दै वडाअध्यक्ष

समाचार

6/9/2019

रौतहट, २६ जेठ । वर्सातको समयमा हिलै हिलोले रहने गरेको रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ माधोपुरका सडकहरु अहिले धमाधम पक्कीकरण गर्ने कार्य तीव्र रुपमा अगाडी बढिरहेका छन ।

युवा वडाअध्यक्ष राजीव यादवको सक्रियतामा वर्षौंको समस्या समाधान हुँदै गएको हो । स्थानीय तहको निर्वाचनको बेलामा वडाको जनतासँग गरिएको बाचा पूरा गर्ने तर्फ ध्यानकेंद्रित रहेको अध्यक्ष यादवले बताएका छन् ।

वडास्तरीय बजेटबाट बाटो पक्कीकरण गरी सिंगारिदै गएकोले हिलोको समस्या समाप्त भएको स्थानीयहरुले बताएका छन् ।

चालू आर्थिक वर्षको ६० लाख बजेटबाट विकास निर्माणको कार्यहरु भैरहेको वडाअध्यक्ष यादवले जानकारी दिएका छन् ।

नियमित रुपमा योजना स्थलमा बसेर निगरानीमा कार्य गरिरहेको बताउँदै यादवले हिलोमुक्त गाउँ, कृषि उपजमा बृद्धि तथा शिक्षाको सुधार मुख्य प्राथमिकतामा रहेको जनाए ।

अहिलेसम्म सडक ५५० मिटर पक्की ढलान भइसकेको छ भने ६० मीटर कृषि नाला तथा १ किलो मीटर नयाँ कृषि सडक निर्माणको कार्य शुरू हुने अवस्थामा रहेको यादवले जानकारी दिए ।

अध्यक्ष यादव सधैं जनताको घरदैलोमा पुगि समस्या बुझ्दै समाधान गर्दै विकासको कार्यलाई समेत तिव्रता दिएको प्रतिफल स्वरुप माधोपुर गाउँको मुहार फेरिने अवस्थामा पुगेको उनको कथन रहेको छ ।

अहिले माधोपुरको विकासको अवस्था हेर्दा आउँदो ३ वर्षमा साँच्चिकै सहरभन्द कम नहुने स्थानीय देवनारायण साह कानुले विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ