“गाउँ–गाउँमा रक्षक संजाल निर्माण गरिने”

समाचार

4/11/2019

बाँके, २८ चैत । स्थानीय सरकार निर्माण पश्चात बाँकेको खजुरामा पहिला पटक गाउँ–गाउँमा मानव अधिकार अभियान सुरू गरिएको छ ।

खजुरा गाँउपालिकाको आर्थिक सहयोग र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजनामा सुरू भएको मानव अधिकार अनुशिक्षण कार्यक्रमले गाँउपालिकालाई मानव अधिकार मैत्री बनाउन भूमिका निर्वाह गर्ने खजुरा गाँउपालिका वडा नं.४ का अध्यक्ष तिलक बिर सुनारले बताए ।

खजुरा ४ मा बुधबार आयोजित मानव अधिकार अनुशिक्षण कार्यक्रममा हुरीपपका अध्यक्ष एंव थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख आलम खानले सहजीकरण गरेका थिए ।

मानव अधिकार उल्लघन,हनन,अपराध र ज्यादतीका बारेमा केन्द्रीत भएर छलफल भएको हुरीपपका सचिव असलम भाटले बताए ।

लिला बिकले खजुरा गाँउपालिकामा मानव अधिकार अनुशिक्षणको आयोजना भए पनि राजनितिक रूपमा हुने गरेको बताउदै उनले भने, हुरीपपले पहिलो पटक खजुरा गाँउपालिका संगको सहकार्यमा गरेको कार्यक्रम जनता मुखी रहेको र कुनै राजनीतिसँग नजोडिएको समेत धारण राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ