कपिलवस्तु, २८ मंसिर । जिल्लामा गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ ।
गाउँपालिका भित्र रहेका ३३ समुदायिक विद्यालय र बोर्डिङ्ग तथा धार्मिक विद्यालयहरुले विभिन्न किसिमका शिक्षासँग सम्बन्धित सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।
शैक्षिक प्रर्दशनमा उत्कृट सामाग्री प्रदर्शन गरेका १५ जनालाई पुरस्कृत गरिएको छ ।
कक्षा ९ र १० को तर्फमा श्री छात्रपाली तिर्थदेवी उच्चा मा.वि. पकडी प्रथम स्थान हासिल गरेको छ । त्यास्तै श्री जनता मा.वि. बलुहवाले दोस्रो स्थान र मुलेश्वार मा.वि.ले तेस्रो स्थान हासिल गरेको छ ।
कक्षा ६ देखि ८ सम्मामा उदय ज्योति ईंगलिस बोर्डिङ्ग स्कुल प्रथम , पिस ग्लोबल ईंगलिस बोर्डिङ्ग स्कुल द्धितिय र नेपाल राष्ट्रिय नि.मा.वि. तृतीय स्थान हासिल गरेको छ ।
त्यस्तै कक्षा ४ र ५ तर्फको श्री चन्द्र प्रकास विद्या मन्दिर प्रथम, सरस्वाती नि.मा.वि. द्धितिय र जनता प्र.वि. तृतीय स्थान हासिल गरेको छ ।
बालविकासको तर्फमा बसन्तपुर बालविकास बसन्तपुर प्रथम, जनता मा.वि. बालविकास केन्द्र द्धितीय स्थान हासिल गरेको छ ।
जनता मा.विका विद्यालय व्यावस्थापन समिति अध्यक्ष राजाराम यादवको अध्यक्षता, प्रदेश सभा सदस्य सहसराम यादवको प्रमुख अतिथ्याता तथा मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीको विशिष्ट अतथ्यातामा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको सञ्चालन दिलिप कुमार यादवले गरेका थिए ।
तपाईको प्रतिक्रिया