गङ्गोत्रीको जल पशुपतिनाथमा अर्पण

समाचार

11/20/2018

काठमाडौं, ३ मंसिर । भारतस्थित पवित्र तीर्थस्थल गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा अर्पण गरिएको छ ।

काजी अमरसिंह थापाले नेपाल विजय गर्ने क्रममा गढवाल क्षेत्र कब्जामा लिएपछि गङ्गोत्री नेपालको अधीनमा आएको थियो ।

थापाले त्यसैबेलादेखि गङ्गोत्रीको जल पशुपतिनाथ मन्दिरमा चढाउन शुरु गराएको ऐतिहासिक दस्तावेज प्राप्त भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन हिउँ परी चिसो बढ्ने भएकाले गङ्गोत्रीको ढोका बन्द हुन्छ । ढोका बन्द हुनुअघिको जल पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अमरसिंह थापाकै पालादेखि शुरु भएको हो ।

लक्ष्मीपूजाका दिन बन्द भएको ढोका अक्षय तृतीयाका दिन खुल्छ । ढोका खुलेपछि पशुपतिनाथको प्रसाद गङ्गोत्रीमा चढाउने गरिएको छ । यो परम्परालाई दुई देशबीचको पारस्परिक सद्भाव एवं एकताका रूपमा पुनः शुरु गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ