काठमाडौं, २३ पुस । हरेक वर्ष माघेसङ्क्रान्तिमा लाग्ने गङ्गासागर मेलामा आपतमा परेकाहरुलाई सहयोग गर्न संयुक्त नेपाली केन्द्रीय सङ्घ कोलकाताले यस वर्ष पनि सहयोग गर्ने भएको छ ।
सङ्घले २९ वर्षदेखि धूर्त, पाकेटमार र ठगहरुबाट सुरक्षा गर्न, आपत्विपत्मा सहयोग गर्न र स्वास्थ्य सेवा पनि उपलब्ध गराइरहेको छ ।
गङ्गा र सागरको सङ्गममा स्नान गरी कपिलमुनि आश्रममा पूजा गर्ने परम्परा छ ।
आउट्राम घाट(बाबुघाट)कोलकातामा गङ्गासागर मेला तीर्थयात्री निःशुल्क स्वास्थ्य शिविर –२०१९ यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म लाग्ने सङ्घका सभापति नरविक्रम थापाले बताए ।
सङ्घले नेपाली समुदायमाझ विभिन्न धार्मिक, सांस्कृतिक, साहित्यिक तथा सामाजिक काम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया