सर्लाही, ७ पुस । मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहको नामबाट पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ ।
‘मधेश आन्दोलन र मधेशवादको विकासक्रम’ विषयमा विद्यावारिधि गरेका मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराजले सर्लाहीमा ‘गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कार’ का लागि अक्षयकोष स्थापना गराएका हुन् ।
डा. अहरिाजले गजेन्द्र नारायण सिंह स्मृति पत्रकारिता पुरस्कारका लागि स्थापना गरिएको अक्षयकोषमा रु.५१ हजार प्रदान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरलाई डा. अहिराजले सो रकम हस्तान्तरण गरेका हुन् ।
महासंघको स्थापना दिवसको अवसरमा समानता, समन्याय र साझापनाका लागि कलम चलाउने सर्लाहीका पत्रकारलाई सम्मान स्वरुप पुरस्कार दिनका लागि अक्षयकोष स्थापना भएको महासंघ सर्लाहीका अधयक्ष ठाकुरले जानकारी दिएका छन् ।
डा.अहिराजले यो अक्षयकोषको सदुपयोग र वृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया