गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण

समाचार

11/1/2018

भारत, १५ कार्तिक । भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको अनावरण गरिएको छ । उक्त स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार अनावरण गरेका हुन् । सो स्मारक भारतीय स्वतन्त्रता सेनानी वल्लभ भाई पटेलको हो ।

उनको स्मारक करिब चार वर्ष लगाएर बनाइएको छ । यसै महिना निर्माण सम्पन्न भएपछि त्यसको अनावरण प्रधानमन्त्री मोदीले गरेका हुन् । उक्त स्मारकलाई विश्वकै सबैभन्दा अग्लो भनी प्रचार गरिएको छ । त्यसको उचाई १८२ मीटर (६००) फिट रहेको बताइएको छ । उक्त स्मारक निर्माणका लागि करिब ३० अर्ब भारतीय रुपैयाँ खर्च लागेको बताइएको छ । ‘स्ट्याचु अफ युनिटी’ एकताको स्मारक नाम दिइएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ