विराटनगर, २४ पुस । गुट्खा खाँदा घाँटीमा अड्किएर एक युवकको ज्यान गएको छ ।
मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाको मृत्यु भएको हो ।
सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया