पर्सा, १३ असार । वीरगंज महानगरपालिका २५ बस्ने परमानन्द महतोको गोठमा आगलागी हुँदा दुई लाखको क्षति भएको छ ।
लामखुट्टे धपाउन बालेको आगोबाट बिहीबार बिहान आगलागी हुँंदा गोठ पूर्णरुपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया