गणतन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण

समाचार

5/29/2019

बुटवल, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा बुटवलकै पुरानो मध्येका बुटवल बहुउद्देश्यीय सहकारी संस्थाले निशुल्क स्वाथ्य परीक्षण कार्यक्रम गरेको छ ।

सहकारी झण्डै १५ सय सदस्यहरुका लागि स्वाथ्य परीक्षण कार्यक्रमको आयोजना गरेको हो । बुटवलको नेशनल प्याथ ल्याबको प्राविधिक सहयोगमा एक महिने स्वाथ्य परीक्षणको शुभारम्भ बुधबार गरिएको हो ।

जेठ १५ देखि असार १५ सम्म आफ्ना सदस्यहरुले निशुल्क रुपमा रगत, पिसाव, सुगर, किड्नी, कोल्डस्टोर थाईराईड तथा लिभर सम्बन्धी सम्पूर्ण परीक्षण हुने सहकारीका स्वास्थ्य विभाग संयोजक उदयराज भण्डारीले बताए ।

उनले हजारौं रुपैयाँ लाग्ने विभिन्न रोगको परीक्षण गरेर आफ्नो स्वास्थ्य अवस्था बुझ्नका लागि आफ्ना सदस्यहरुलाई यस्तो खालको सेवा प्रवाह गरेको उनको भनाई रहेको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण उद्घाटन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष लोकनाथ भुषालले गरेका थिए । सो अवसरमा उनले हरेक व्यक्तिले समय समयमा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएमा धेरै रोगहरु शुरु नहुने निधन गर्न सकिने बताए ।

सो अवसरमा नेशनल प्याथ ल्याबका अध्यक्ष रुद्र कार्की, बुद्धिमान थापा, उदयराज भण्डारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ