गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था : प्रधानमन्त्री ओली

समाचार

5/29/2019

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभइ, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताएका छन् ।

गणतन्त्र दिवशको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

“विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

प्रधानमन्त्री ओलीले सन्देशमा यस दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधीत्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको उल्लेख गरेका छन् ।

“गणतन्त्र दिवसले गणतन्त्रको मर्यादा, गणतान्त्रिक संस्थाहरुको मर्यादा र गणतान्त्रिक प्रक्रियाको गर्न सिकाएको छ । गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हो” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ