काठमाडौं, २० फागुन । जर्मनीको सांसद टोलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक व्यवस्थापन र सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थालेको छ ।
नेपाल भ्रमणमा आएको उक्त टोली सीधै लुम्बिनी पुगेर स्तरोन्नति गरिएको यो अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गरेको हो । जर्मन राजदूत रोलन्ड सेफरसहित टोली लुम्बिनी पुगेको थियो ।
अध्ययनपछि उनीहरूले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँग दुईपक्षीय छलफल गरेको थियो । टोलीले अन्तर्राष्ट्रिय विमानस्थलमा सहकार्यका विषयमा छलफल गरी सहकार्य सम्भाव्यताबारे जर्मन सरकारलाई जानकारी गराउनेछ ।
तपाईको प्रतिक्रिया