५१ कुण्डीय गायत्री महायज्ञ सुरु

समाचार

12/10/2019

वीरगञ्ज, २५ मंसिर । वीरगञ्जमा मंगलबारदेखि अखिल विश्व गायत्री परिवारको आयोजनामा ५१ कुण्डीय गायत्री महायज्ञ एवं संगीतमय पुराण सुरु भएको छ ।

वीरगञ्जको घण्टाघर छेउस्थित वीपी उद्यान पार्कमा महायज्ञ सुरु भएको हो । नारी जागरण अभियान अन्तर्गत नारी सशक्तिकरणका लागि महायज्ञ आयोजना गरिएको अखिल विश्व गायत्री परिवारले जनाएको छ ।

शुक्रबारसम्म चल्ने महायज्ञमा शान्तिकुञ्ज हरिद्वारबाट आएका सन्ध्या तिवारी नेतृत्वको ब्रम्हा वादिनीहरुले पुराण कथा वाचन र भजन किर्तन गर्नेछन् । त्यसबाहेक द्विप प्रज्वलन, सामूहिक जप, प्राज्ञयोग व्यायामका कार्यक्रम राखिएका छन् । त्यसैगरी महायज्ञमा विभिन्न संस्कार, कपाल मुंडन, नामाकरण, अन्न प्राशन, विद्यारम्भ, यज्ञोपवित, जन्मदिवस, विवाह आदि कार्य निशुल्क गराउनुको साथै पुस्तक मेला एवं साहित्य प्रदर्शनी समेत राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ