रुपन्देही, ३० फागुन । मायादेबी गाउँपालिीका–५ रम्वापुरस्थित गोयन्का स्टिल उद्योगको कम्पाउण्डभित्र रहेको ३५ हजार लिटर क्षमताको फर्निस आयल केमिकल ट्याङकीमा बिहीबार दिउसो आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।
तपाईको प्रतिक्रिया