गैरकृषि व्यवसायको छनौट तथा उत्प्रेरणा तालिम

समाचार

3/4/2019

कपिलवस्तु, १८ फागुन । जिविकोपार्जन तथा वातावरण सुधारद्वारा समुदायको उत्थानशीलता सवलीकरण परियोजना अन्र्तगत कपिलवस्तुको यशोधरा गाउँपालिका, २ र ३ बसन्तपुरमा गैरकृषि व्यवसायको छनौट तथा उत्प्रेरणा सम्बन्धी दुईदिने तालिम दिइएको छ ।

युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु आयोजना परियोजनाअन्तर्गत तालिममा व्यवसायको आवश्यकता, व्यवसायमा उत्प्रेरणा र व्यवसाय महसुस गराउने र स्थितिमा सुधार ल्याउने झल्को पार्ने गरि र महिलाहरुलाई आयआर्जनमूलक कामहरुमा लाग्न प्रेरित गर्न थालेको र महिलालाई उद्यमी र व्यवसायी बनाउन सके आर्थिक, सामाजिक रुपमा नै परिवर्तन हुने भन्दै महिलाहरुलाई आयआर्जनमूलक कामहरुमा लाग्न उत्प्रेरित गर्न ३० जना महिला सहभागी गराइएको तालिमका प्रशिक्षक विजय सापकोटाले बताए ।

उद्यम तथा व्यवसाय सुरु गरे मात्र आर्थिकरुपमा मजबुत हुने भएकाले महिलाहरुलाई आयआर्जनका कामहरुमा लाग्न प्रेरित गर्न थालिएको यस तालिमबाट आर्यआर्जन, सिपबिकास, क्षमता बिकासका कुराहरु, व्यवसाय प्रर्वद्धन गर्न आफुहरु यस्ता किसिमका तालिम पाउदा फलदायी भएको यशोधरा गाउपालिका महिला सहभागीहरुले बताईन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ