नवलपरासी (पश्चिम), ७ फागुन । सुस्ता गाउँपालिका–१ स्थित वनदेवी बस्ने ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५७ वर्षीय केवल चमारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
फागुन ४ गते बालिका मिठाई किन्न भनि पसलतर्फ जादै गरेको अवस्थामा जबर्जस्ती समाती चमारले आफ्नै घरको ट्वाईलेटमा लगी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया