नाबालकको हत्या गरेको अभियोगमा पक्राउ 

समाचार

10/17/2019

  कपिलवस्तु, ३० असोज । शिवराज नगरपालिका–६ सुगा नगर बस्ने राजबहादुर यादवको छोराको हत्या गरेको अभियोगमा सुरत यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

  ३२ दिन उमेरको आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने सोही ठाउँ बस्ने ३५ वर्षीय राम सुरत यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

आशिष यादवलाई आफ्नै फुपुले खेलाई रहेको अवस्थामा फुपुको हातबाट खोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ