बुटवल, १२ माघ । रुपन्देही तिलोत्तामामा विशिष्टीकृत कृषि हाटबजार सञ्चालनमा आएको छ । स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले हाटबजार संचालनमा ल्याइएको हो ।
दैनिक कम्तीमा २० क्वीन्टल तरकारी बिक्री गर्ने गरी ५० लाख रुपैयाँ लगानीमा तिलोत्तमा–१४ रेहरामा सुुरु भएको हाटबजार रुपन्देहीकै पहिलो विशिष्टीकृत तरकारी बजार हो ।
तिलोत्तमा नगरपालिकाले वडानम्बर १४ लाई कृषि पकेट क्षेत्र बनाएको छ । यहाँ प्रदेश सरकारको ५० लाख अनुदानमा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मंगलपुर, रगरगन्ज, जितपुर र दुर्गानगर गाउँको १६ बिघा खेतमा तरकारी खेती हुँदै आएको छ ।
यस बाहेक तिलोत्तमाको वडा नंं १३, १४, १५ तथा छिमेकी गाउँपालिका सियारीका भैंसाखादर, सीतापुर, भर्तापुर, हर्नैया, मैनहिया,अमुवा गाउँमा उत्पादन हुने तरकारी यहाँबाट बिक्री हुने गरेका छन् ।
तपाईको प्रतिक्रिया