‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नारालाई सार्थक बनाउँदै

समाचार

10/1/2018

रुपन्देही, १५ असोज । रुपन्देही जिल्लामा रहेका ६ बटा नगरपालिकाभन्दा फरक तरिकाले सबै क्षेत्रमा फड्को मार्दै नमुना बन्दै गएको छ, तिलोत्तमा नगरपालिका ।

समुदायमा आधारित सरसफाई अभियानदेखि बजेट र जनप्रतिनिधिको तलब, कानुन निर्माणमा अग्रपंतिमा रहेको छ, तिलोत्तमा नगरपालिका । नगरपालिकाले समुदायमा आधारित सरसफाई अभियान सोमबार २५औं श्रृंखलामा पुर्याएको छ ।

नगरपालिकामा जनप्रतिनिधिहरु आएलगत्तै गत वर्षबाट ‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाई र हरियाली प्रवद्र्धन अभियान सुरु भएकानगरपालिकाले जनाएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते यो अभियान सञ्चालन गर्दै आएको छ ।

वडा कार्यालय र टोल विकास संस्थाहरुले अन्य दिनहरुमा समेत सरसफाई र हरियाली प्रवद्र्धनका कामहरु गर्दै आएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेले बताए। अहिले सम्म सबै वडामा सरसफाई गरिएको छ ।

सरसफाई अभियानमा विभिन्न टोल विकास संस्था, सहकारी, खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, क्लब, आमा समूह, शिक्षणसंस्थालगायत नगरबासीहरुको सहभागिता रहेको छ ।

सरसफाई अभियन्ताहरुले घरमा उत्पादित फोहोर घरमैं व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सरसफाई अभियानको स्वमित्व सबै व्यक्ति, परिवार र समुदायले लिनुपर्ने मेयरको भनाई छ ।

ड्राईभरटोल चोकमा सरसफाई अभियानको २५ औं श्रृंखला शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाई अभियान सबैको साझा अभियान भएकाले यसमा सबैको सहभागिता रहनुपर्नेमा जोड दिए। उनले भने सरसफाई अभियानसँगै नगरपालिकाले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनका लागि योजना अघि बढाएको जानकारी समेत गराए ।

नगरपालिकाले जनचेतना जगाउन सन्देशमुलक सरसफाई अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख घिमिरेले फोहोर सकेसम्म कम गर्ने र आफूले गरेको फोहोर सकेसम्म आफैं व्यवस्थापन गर्ने बानीको विकास सबैमा हुनुपर्ने उल्लेख गरे।

हरेक व्यक्ति सचेत भएमा फोहोर कम हुने बताउँदै उनले फोहोर जथाभावी नफाल्न नगरबासीलाई आग्रह समेत गरेका छन। उनको यो अभियानलाई तिलोत्तमाका स्थानियले हातमा हातमिलाउदै आफनो नगरपालिका लाई सरसफाई अभियानमा साथदिएका छन ।

सरसफाईमा अभियानमा नगर उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लगायतले सरसफाईको बहुआयामिक महत्वका बारेमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ