कैलाली, १३ माघ । कैलालीको गौरीफन्टा नाकामा आइतबार भारतको ७१ औँ गणतन्त्र दिवस मनाइएको छ ।
नेपाल–भारत दुवै देशका नागरिकको सहभागितामा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दुवै देशका नागरिकको सहभागितामा भारतीय गणतन्त्र दिवस मनाइएको हो ।
दिवसको अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृवबहादुर वडा र भारतको विश्व हिन्दु परिषद्का सान्धी डा. प्राचीले संयुक्त रुपमा भारतको राष्ट्रिय झण्डोत्तोलन गरेका थिए ।
दिवसको अवसरमा एसएसबीले नाकामा विभिन्न खेल प्रदर्शन गरेको थियो । भारतीय गणतन्त्र दिवसको अवलोकन गर्नका लागि सीमा क्षेत्रका नेपालीहरु गौरीफन्टा नाकामा पुगेका थिए ।
तपाईको प्रतिक्रिया