वीरगन्ज, २ पुस । बढदै गरेको चिसोले गर्दा वीरगंज महानगरपालिका वडा नं.८ का वडा अध्यक्षको टोलीद्वारा गरिब र असहाय महिला र परुषहरुलाई कम्बल तथा स्वीटर वितरण गरिएको छ ।
वडा नं. ८ मा रहेका २ सयको हाराहारीमा बृद्धबृद्धा र असहायहरुलाई एक समारोहका बीच न्यानो कपडा कम्बल र स्वेटर दिइएको थियो ।
नेपाल राष्ट्रिय रात्री माध्यमिक विद्यालयको प्राँगणमा आयोजना भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, विरगंज महानरगपालिकाका मेयर विजय सारवगी, ने.क.पा का नेता तथा नेशनल मेडिकल कलेजका एम.डि.बसरुद्दिन अन्सारी, वडा नं.८ का वडा अध्यक्ष राजकिशोर गुप्ता लगायतकाले संयुक्त रुपमा कम्बल र स्वेटर वितरण गरेका छन् ।
तपाईको प्रतिक्रिया