बुटवल, ६ फागुन । लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाका रुपमा विकास गर्ने उद्देश्यले प्रदेशले आयोजना अगाडि बढाएको छ ।
प्रदेश सरकारले गुरुयोजना बनाएरै अस्पताल निर्माणको काम गर्ने भएको छ । अस्पताल भवन १० तलाको हुने बताइएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले गुरुयोजना निर्माणको काम भइरहेको जानकारी दिए ।
अस्पतालको नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको बनावट र नक्साका विषयमा प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिएको खनालले पुष्टि गरे ।
छलफलमा मुख्यमन्त्री शंकर पोखरेलसहित आन्तरिक महिला तथा कानुन, भौतिक पूर्वाधार, सामाजिक विकासमन्त्री तथा बुटवल उपमहानगरपालिकाका प्रमुख, योजना आयोजना उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष र प्रमुख मेडिकल सुपरिन्टेन्डेट तथा मन्त्रालयका सचिवहरु सहभागी रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया