गोली प्रहार गरी नगद चार लाख रुपैयाँ लुटपाट

समाचार

5/27/2019

सुनसरी, १२ जेठ । धरान उपमहानगरपालिका ५ साउनेस्थित जीवन बिकास सहकारी शाखा कार्यालय धरान १६ बालीकामोडबाट पैसा कलेक्सन गर्न खटिएका सहायक कर्मचारी धनपाल गाउँपालिका २ बस्ने ३५ वर्षीय शम्भु गच्छादारको साथमा रहेको नगद ४ लाख रुपैयाँ आइतबार बिहान लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना ब्यक्तिहरुले शम्भुलाई गोली प्रहार गरी घाइते बनाई उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरीरहेको छ । घाइते शम्भुको धरान घोपा अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ