गोली लागेर घाइते अवस्थामा फेला

समाचार

5/11/2019

मोरङ, २८ बैशाख । कटहरी गाउँपालिका १ महेशपुर बस्ने बिराटनगर नहानगरपालिका १२ घर भएका २४ वर्षीय रुपेश कामत कोठाभित्र छातीमा गोली लागेर गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।

घाइते कामतको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले म्याग्जिन १ थान, ठुलो चाईनिज पेस्तोल, खोका २ राउण्ड र गोली १ राउण्ड फेला पारी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ