रौतहट, १३ चैत । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले चलिरहेको एसईई परिक्षामा प्रहरी निषेध परिक्षा हल बनाउन गृह मन्त्रालयले जारी गरेको निर्देशनलाई बेवास्ता गरि आफुखुशी कार्य गरेको पाइएको छ ।
परीक्षा कोठाभित्र चेकजाँचको बहानामा हुने प्रहरी परिचालनले विद्यार्थीहरुमा मानसिक विचलन हुने र परीक्षामा राम्रो गर्न नसक्ने भन्दै गृह मन्त्रालय तथा शिक्षा विभागले जारी गरेको निर्देशनलाई लत्याउँदै प्रशासकीय अधिकृत कार्कीले आफूखुशी नगर प्रहरी परिचालन गरेको पाइएको छ ।
बुधबार भएको अनिवार्य गणित विषयको परीक्षामा गौर नगरक्षेत्र भित्र रहेका विभिन्न परीक्षा केन्द्रमा तामझाम सहित नगर प्रहरीको साथमा पुगेका कार्कीले मन्त्रालयको निर्देशन विपरीत कार्य गरेको पाइएको हो ।
तपाईको प्रतिक्रिया