घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन : प्रधानमन्त्री ओली

समाचार

4/1/2019

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारराति आएको भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

बारा र पर्सामा आएको त्रासद आँधी हुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किसकेको जनाएका छन् । तत्काल राहतका लागि सामग्री सहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको उनले जनाएका छन् ।

घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्नेसमेत प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ