घाइतेहरुको अवस्थाबारे निरन्तर जानकारी लिँदै मुख्यमन्त्री र सांसद

समाचार

4/7/2019

वीरगंज, २३ चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत तथा संघीय सांसद प्रदिप यादवले गएको आइतबार आएको बिनाशकारी हावाहुरीबाट गम्भीर घाइते भएकाहरूको अवस्थाबारे निरन्तर जानकारी लिने क्रम जारी राखेका छन् ।

विनाशकारी हावा हुरीबाट बारा र पर्सामा घाइते भएकाहरुको शनिबार मुख्यमन्त्री राउत तथा सांसद यादव सहित पर्सा स्थीत सुरक्षा निकायका प्रमुखहरुले अवस्थाबारे जानकारी लिएका हुन् ।

घाइतेहरुसँग भेटघाट गरेर मुख्यमन्त्री राउतले उपचारमा कुनै समस्या भए मलाई तत्काल खबर गर्न जानकारी दिए ।

घाइतेहरुको उपचार सरकारले निःशुल्क गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकार जनताको शुख दुखमा सदैव साथ रहेको बताए ।

संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले गम्भीर घाइतेहरुसँग अवस्थाबारे जानकारी लिँदै उपचारमा हेलचक्रयाई तथा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरे ।

घाइतेहरुको उपचार सरकारले निशुल्क रुपमा गर्ने भएकोले उपचारमा कुनै प्रकारको कञ्जुसयाई नगर्न अस्पताललाई निर्देशन समेत दिइएको सांसद यादवले बताए ।

मुख्यमन्त्रीसँगै टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी नाराया प्रसाद भटराई, पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल लगयायतले बीरगज स्थित नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, बीरगज हेल्थ केयर, एल एस न्युरो अस्पतालमा पुगी घाइतहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ