घरेलु मदिरा नष्ट

समाचार

3/21/2019

रौतहट, ७ चैत । गौर नगरपालिका–१,६ र ७ नम्वरका वडाहरुमा अवैध घरेलु तयारी मदिरा ५० लिटर र मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ ३ हजार ३ सय लिटर मंगलबार प्रहरीले नष्ट गरेको छ । उक्त स्थानमा अवैध रुपमा घरेलु मदिरा भट्टीहरु संचालन गरी घरेलु मदिरा उत्पादन तथा बिक्री बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले उक्त मदिरा नष्ट गर्नुका साथै घरेलु मदिरा बनाउन प्रयोग गरिने मेसिन १ थान, मदिरा बनाउन प्रयोग गरिने भाँडा १३ थान र ड्रम ९९ थान समेत नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ