घुर ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

समाचार

12/29/2019

बारा, १३ पुस । प्रसौनी गाउँपालिका–७ बालुवा टोल बस्ने ७० वर्षीया सोना देवी साहको घुर ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ ।

आफ्नै घर अगाडि शनिबार साँझ घुर ताप्दै गर्दा कपडाबाट आगो सल्किई जलेर गम्भीर घाइते भएकी साहको नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्ज हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ