सप्तरी, १६ बैशाख । सप्तरीका एक वडाध्यक्ष घुससहित रंगेहात पक्राउ परेका छन् ।
सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई अख्तियारको टोलीले सोमबार बिहान घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
काम गराइदिने भन्दै सेवाग्राहीसँग रु. २५ हजार लिइरहेको अवस्थामा वडाअध्यक्ष मियाँ पक्राउ परेका हुन् । मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग घुस लिँदै अख्तियारले पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया