चिकित्सा सेवालाई सामाजिक सेवा बनाउन नगर प्रमुख सरावगीको जोड

समाचार

12/12/2018

वीरगन्ज, २६ मंसिर । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले आर्थिक विपन्न एवम पिछडिएका वर्गहरुलाई निःशुल्क चिकित्सा सेवा प्रदान गर्न अनुरोध गरेका छन् ।

वीरगन्जको छपकैयामा खुलेको एशिया मेडिकेयर हस्पीटलको उदघाटन गर्दै नगर प्रमख सरावगीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले विरामिलाई प्रदान गरिने सेवालाई स्तरीय बनाउने कुरामा जोड दिँदै चिकित्सा सेवालाई आर्थिक मुनाफाभन्दा पनि सामाजिक सेवाको रुपमा स्थापित गनुपर्ने आवश्यकता रहेको बताए ।

नगर प्रमुख सरावगीले अस्पतालहको व्यवस्थापनलाई नियमसंगत र प्रमावकारी बनाउन आवश्यक रहेको बताउँदै समय समयमा आर्थिक विपन्न तथा दलित वर्गको लागी स्वास्थ्य केम्पहरु चलाउनु संचालकलाई सुझाव समेत दिए ।

अस्पताल व्यवस्थापन समितिका संचालक सुरज सर्राफको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षद्धय शेख अबास, बैजुलाल स्वर्णकार र गन्डकि विकास बैकका व्यवस्थापक मुकेश अधिकारी लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ