रुपन्देही, १० असार । चट्याङ लागेर रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना वडा नंं ७ आमी भन्ने स्थानका ६२ बर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नंं २ फुलबारीका ६० बर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ वर्बदैयाका २५ बर्षका भागवत दास लोधको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागेर घाइते भएका बिकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
तपाईको प्रतिक्रिया