चट्याङ लागेर दाङमा तीन बालकको मृत्यु

समाचार

6/26/2019

दाङ, १० असार । चट्याङ लागेर दाङमा तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार चारैजना बालक जामुनाको रूखमा चढेका थिए । उनीहरू रूखमा चढेका बेला परेको चट्याङ परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ